ड्राफ्ट तथा टीटीबाट स्वास्थ्य सामग्री बिना सिफारिस आयात गर्न पाइने

वैशाख ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड –१९ को महामारीमा सहजीकरण गर्दै यसबीच ड्राफ्ट तथा टीटीबाट बिना सिफारिस स्वास्थ्यसँग सम्बन्धित सामग्री आयात गर्न पाइने व्यवस्था गरेको छ । यस्ता सामग्री आयातमा तत्काललाई सटही सुविधा सीमा पनि  बढाइएको छ । यद्यपि सामान्यअवस्थामा पनि यस्ता सामग्रीको आयात गर्ने सीमा बढाइएको छ । केन्द्रीय बैंकले  विदेशी विनिमय विभागको एकीकृत परिपत्रलाई विहीवार संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंककाअनुसार अहिलेको परिस्थितिमा सम्बन्धित सरोकारवालाहरुले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर्स, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर्स, अक्सिजन म्यानुफ्याक्चरिङ प्लान्ट, अक्सिजन डेलिभरी यासेसरीज र अन्य अक्सिजनसम्बन्धी सामग्री तथा भेन्टिलेटर उपकरणलगायतका कोभिड–१९ को स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्‍याउने जीवनरक्षक स्वास्थ्य सामग्री उपकरणहरुको आयातको हकमा तोकिएका ड्राफ्ट तथा टीटीको रकमसम्बन्धी सीमा, बीसीआई र स्वास्थ्य सेवा विभागको सिफारिस २०७८ असार मसान्तसम्मका लागि अनिवार्य नहुने व्यवस्था गरिएको छ । तर यस व्यवस्था बमोजिम आयात गर्दा आयातकर्ताले विदेशी विनिमय अपचलन गरेमा स्वयम् जिम्मेवार हुने स्वघोषणा बैंक तथा वित्तीय संस्थासमक्ष पेश गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त व्यवस्था बमोजिम आयात भएको विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महीना समाप्त भएको सात कार्य दिनभित्र केन्द्रीय बैंकको विदेशी विनिमय विभागमा पेश गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकले प्रतितपत्र बिना ड्राफ्ट तथा टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधाको सीमा बढाइदिएको छ । केन्द्रीय बैंकले कोभिड –१९को जोखिममा स्वास्थ्यसँग सम्बन्धित बस्तु आयातमा सहजिकरण गर्दै ड्राफ्ट तथा टीटीबाट प्रतिपटक अधिकतम अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सीमा तोकेको हो । यसअघि यस्तो सीमा एक पटकमा अमेरिकी डलर ३० हजार वा सो बरावरको परिवत्र्य विदेशी मुद्रासम्मको लागि मात्र प्रदान गर्न सकिने व्यवस्था थियो । सो व्यवस्थाअनुसार यसरी टीटीमार्फत सटही प्रदान गर्दा अमेरिकी डलर २५ हजारभन्दा बढी विदेशी मुद्राको सटही उपलब्ध गराउनु परेमा भने बेनिफीसरीको बिजनेश क्रेडिविलिटि इन्फरमेशन (बीसीआई) समेत लिने व्यवस्था मिलाउनु पर्नेछ । साथै सम्बन्धित फाइलमा सोको अभिलेख राख्नुपर्नेछ । कोभिड –१९ को वर्तमान स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणको लागि सहजीकरण गर्न यो व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ ।  यसैगरी, सम्बनिधत व्यवसायीहरुले स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड –१९ सँग सम्बन्धित औषधिजन्य सामग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डलर १ लाखसम्मको रकम ड्राफ्ट तथा टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।  साथै, अमेरिकी डलर १ लाखभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने छ । 

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।

रेडक्रसद्वारा फ्रन्टलाइनरलाई स्वास्थ्य सामग्री प्रदान

बैतडी : नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल

स्विट्जरल्याण्डले पनि नेपाललाई पठायाे स्वास्थ्य सामग्री

काठमाण्डाै -स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड-१९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताउनुभयो ।  नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्दै

काठमाण्डाै - अमेरिकाबाट आज स्वास्थ्य सामग्री नेपाल आउँदैछ । दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआइडीमार्फत सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँका लागि यो आपतकालीन सहयोग भएको जनाएको छ । पछिल्लो  तीन हप्तामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको अमेरिकाले जनाएको छ। अ...

चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । चेम्बरका अध्यक्ष

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री

बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।...

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...