‘जय मौरी’ भनेर चिनिने गल्याङ नगरपालिका–८ करादीबजारका गणेशप्रसाद अधिकारीले दश वर्ष अघि कृषि कर्म गर्ने लक्ष्य सहित गोलभेडा र बन्दागोपी लगाए । तत्कालीन समयमा गोलभेडा र बन्दागोपीको उत्पादन राम्रो भयो । तर बेच्ने बेलामा भने उनले सोचेजस्तो मूल्य पाएनन् ।
बन्दा दुई रुपैयाँ प्रतिकेजी र गोलभेडा १२ रुपैयाँ प्रतिकेजीमा बिक्री गरे । त्यसपछि उनी कृषि पेशाबाट नहुने निष्कर्ष सहित किराना पसल सञ्चालन गर्न थाले । केही समयपछि उनले मौरी पालन व्यवसाय सुरु गरे ।