पाल्पामा सुन्तला बेचेर वार्षिक लाखौं आम्दानी

पाल्पा । सुन्तला प्रशस्त उत्पादन भएपछि पाल्पाका कृषकलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पाल्पाका कृषकका लागि अहिले सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको छ । पाल्पाको छहरा, मुझुङ्ग, मैनादी, भैरवस्थान, कुसुम खोला, पूर्वखोला, देउराली, बराङ्गदी, नायर लगायत गाँउका कृषकले परम्परागत खेतीको तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटक लगाएपछि […]

सम्बन्धित सामग्री

जसले सुन्तला बेचेर यही वर्ष कमाए ४० लाख

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।   विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैंचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिनँ, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’ उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरूपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैंचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौंस्थित कालीमाटीमा विक्री हुँदै आएको छ ।  उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला विक्री गरेको जानकारी दिए । उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैंचाबाटै विक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’ नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रूपमा परिचित छ । महतले नाम्सकोटका करीब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करीब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो ।  उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरीद गरी विक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैंचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरीद गरी विक्री गरेको उनले बताए । उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरीद गरी रु एक सय २० सम्म विक्री गर्ने गरेको सुनाए ।  तनहुँमा यस वर्ष कृषकले सुन्तला विक्री गरेर रु ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करीब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।  कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।  कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैंचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘कृषकलाई सुन्तला बगैंचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौं ।’  तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरीदका लागि व्यापारी बगैंचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला विक्री हुने गरेको किसान बताउँछन् । रासस

सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ

तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।

सुन्तलाबाटै करोडौँ कमाउँछन् सुन्थानका किसान, बगैँचामै पुग्छन् व्यापारी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । गाउँभर सुन्तलाबाट १ करोड रूपैयाँभन्दा बढी पैसा आउँछ । अर्थात् किसानहरूले सुन्तला बेचेर एक करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् ।

सुन्तला बेचेर छ करोड १५ लाख आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित […]

अर्घाखाँचीको सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फल्यो

काठमाडौँ- अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक […]

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् । यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए । उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए । उनले यस वर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख

अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनिहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन्।...

सुन्तला बिक्रीबाट २१ लाख आम्दानी

म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले […]

सुन्तला बेचेर दोसल्लेका किसानले भित्र्याए ५० लाख रुपैयाँ

माघ ५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला विक्रीबाट यसवर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला विक्रीबाट यस वर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रू. ८० का दरले सुन्तला खरीद गरेका हुन् ।  दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रू. पचास लाख गाउँमा भित्रिएको जानकारी दिए ।  ‘गतवर्ष रू. २५ लाख बराबरको सुन्तला विक्री भएको थियो’, उनले भने ‘नयाँ बिरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।’ विगतका वर्ष मंसिर महीनामै सुन्तला विक्री गरिसकेका हुन्थ्ये । यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।  एक जना किसानले रू. तीस हजारदेखि रू. दुई लाख तीस हजारसम्मको सुन्तला विक्री गरेका समूहले जानकारी दिएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।  ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तला खेती भएको छ । १५ हजार बोटमध्ये करीब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए ।  वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रू. ५० हजार भन्दा बढी आम्दानी भएको उनले बताए । सडक यातायातको सुविधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।  १० वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान शुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।  दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए ।  बेमौसममा सुन्तला विक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो ।  दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए । रासस

सुन्तला बेचेर कृषक बने लखपतिः दुई गाउँबाट पाँच करोडको बिक्री

तनहुँका दुई गाउँका कृषकहरु सुन्तला बिक्री गरेर लखपति बनेका छन् । सुन्तला बेचेर धनी हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका रहेका छन् । सुन्तला बिक्री गरेर ल्हुंग्रीङबाट रू तीन करोड र उमाचोकभन्दा रु २ करोड बढीको गरी पाँच करोडभन्दा बढी रुपियाँ कृषकले आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ती गाउँमा कृषकले पाँच लाखदेखि ६० लाख रुपियाँ सम्म आम्दानी गर्ने कृषक रहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार तनहुँमा सुन्तला बेचेर सबैभन्दा धेरै आम्दानी गर्ने कृषकमा उमाचोकका शुकनारायण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ एक्लैलै वार्षिक रुपमा ६० लाखभन्दा बढीको आम्दानी सुन्तला बिक्रीबाट गर्नुहुन्छ ।