सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले चैत २३ गते भित्र जिल्लाको वस्तुगत स्थितीको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । आइतबार नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी वस्तुगत स्थितीको विश्लेषण सहितको प्रतिवेदन पेस ग