पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा २ जनाको मृत्यू हुने गरेर भएको सिलिन्डर विष्फोटको प्रतिवेदन पेस भएको छ । गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटना छानविन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेस गरेको हो ।सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले यस्तो दुःखद घटना फेरि दोहोरिन नदिन सबै