काठमाडौं, वैशाख २१ । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं प्रतिवेदनले औंल्याएअनुसार स्थानीय तहमा भएको बेथितिबारे कारणसहित प्रतिवेदन मन्त्रालयमा पठाउन देशभरका स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयले बेरुजुको कारणसहित प्रतिवेदन पठाउन पत्राचार गरेको जानकारी […]