काठमाण्डाै - सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे जानकारी दिनुभयो। उहाँले गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरेर नेतृत्व...