जनगणनालाई सुपरिवेक्षक परिचालन

खलङ्गा । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क कार्यालय जुम्लाका […]

सम्बन्धित सामग्री

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

सातौं कृषि गणनाका लागि झापामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउने तयारी

चैत १५, झापा । केन्द्रीय तथ्यांक विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौं कृषि गणना गर्न लागेको छ ।  नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ ओटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए ।  ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ शुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताए ।  करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उनले जानकारी दिए ।  अधिकृत  लुइँटेललले भने, ‘यो गणनाले कृषि मन्त्रालयले १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।’ कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण संकलन गरिनेछ ।  जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो । रासस

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग

काठमाडौं । अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् । ‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा […] The post कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जनगणनाका लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन

राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्यांक कार्यालय जुम्लाका खरिदार कमला योगीले बताए । ‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं,’ उनले भने । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकर...

जनगणनालाई सुपरिवेक्षक परिचालन

जुम्ला, ६ असोज । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क […]

जनगणनाका लागि सुपरिवेक्षक गाउँगाउँमा

सिमकोट– जिल्लामा जनगणनाका लागि खटिएका सुपरिवेक्षक गाउँपालिकाका प्रत्येक वडामा पुगेर काम सुरु गरेका छन्। जनगणना सुरु हुने भएपछि जिल्लामा स्थापना भएको कार्यालयसँगको अभिमूखीकरण कार्यक्रमपछि उनीहरु वडामा पुगेर काम थालेका हुन्। अदानचुली गाउँपालिका– २ नम्बर वडाको काम गर्ने जिम्मेवारी पाएका सुपरिवेक्षक परबहादुर बुढाले जनगणनाका लागि वडामा पुगेर काम समेत सुरु गरिएको बताए। भदौ ३० गतेबाट असोज १८ […]

काभ्रेमा जनगणनाका लागि १२८ जना सुपरिवेक्षक परिचालन

असोज ३, काभ्रेपलाञ्चोक । राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ जना सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ ।  जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसंख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औं राष्ट्रिय जनगणनाको पहिलो चरणको काम शुरु गरेको हो ।  पहिलो चरणमा सात दिनको तालिम दिएर १२८ सुपरिवेक्षक भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको जनगणना कार्यालयका अधिकारी दीपक कोइरालाले बताए ।  उनले भने, ‘यसअघि वैशाख पहिलो सातामै स्थानीय जनगणना कार्यालय स्थापना गरी सुपरिवेक्षकको लागि तालिम आयोजना गरिरहेकै बेलामा कोरोना संक्रमणको दोस्रो लहरकोे कारण सात दिनको तालिमलाई पाँच दिनमा नै स्थगित गर्न परेकामा अहिले संक्रमण दर कम भएसँगै पुनः बाँकी दुई दिनको तालिम भदौ २७ र २८ गते सम्पन्न गरेर ३० गतेदेखि नै कार्यक्षेत्रमा खटाइसकेका छौं ।’  जनगणना अधिकारी कोइरालाले भने, ‘खटिसकेका सुपरिवेक्षकले पहिलो चरणमा आगामी असोज १८ गतेसम्म सूचीकरणको विवरण संकलन गरिसक्नेछन् ।’ सुपरिवेक्षकले घर तथा घरपरिवार सूची दर्ताको काम सकेपछि गणकलाई आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म खटाइने छ ।  जनगणनाका लागि अहिले जिल्लाको रोशी, खानीखोला र महाभारत गाउँपालिकाका लागि रोशीमै कार्यालय राखेर  धनवीर तामाङलाई, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाका लागि पनौतीमा कार्यालय सञ्चालन गरेर राकुमार तामाङलाई, भुम्लु र चौरीदेउराली गाउँपालिकका लागि भुम्लुमा कार्यालय सञ्चालन गरेर रुपक अधिकारीलाई, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका लागि पाँचखालमा कार्यालय सञ्चालन गरेर प्रसन्न सीपखानलाई, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकका लागि नमोबुद्धमा कार्यालय सञ्चालन गरेर सुमन भुर्तेललाई  तथा बनेपा र धुलिखेल नगरपालिकाका लागि धुलिखेलमा कार्यालय सञ्चालन गरेर नारदमणि कट्टेललाई स्थानीय जनगणना अधिकारी तोकेर काम सञ्चालन गरिएको छ ।  सूचीकरणका लागि नगरपालिका रहेका पनौतीमा १७, बनेपामा १६, धुलिखेलमा ११, पाँचखालमा १५, नमोबुद्धमा १०, मण्डनदेउपुरमा १२ सुपरिवेक्षक खटाइएको छ ।  त्यस्तै गाउँपालिका रहेका रोशीमा १०, तेमालमा सात, महाभारतमा छ, चौरीदेउरालीमा सात, भुम्लुमा सात, खानीखोलामा पाँच र बेथानचोक गाउँपालिकामा पाँच सुपरिवेक्षक खटाइएको कार्यालयले जानकारी दिएको छ । त्यस्तै आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरिने जनगणनाका लागि कार्यतालिका तयारी गरी ४६६ गणक खटिने भएका  छन् । रासस

झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे ।चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणन

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो