झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]