जीर्ण नहर, बर्खामै सिँचाइ अभाव

मनसुनी वर्षामा ढिलाइ र सिँचाइ अभावका कारण कोशीमा ७३ प्रतिशत र मधेश प्रदेशमा ४६ प्रतिशत खेतमा मात्रै रोपाइँ हुन सकेको हो । गत वर्ष यति बेला दुवै प्रदेशमा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा रोपाइँ भइसकेको थियो ।

सम्बन्धित सामग्री

लिफ्टिङ परियोजनाबाट प्युटार लाभान्वित

सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्।...

नदीजन्य निर्माण सामग्री अभाव

म्याग्दी, २४ मङ्सिर । नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, नदी नियन्त्रण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार निर्माणका आयोजना प्रभावित भएका हुन् । सर्वोच्च अदालतले विसं २०७८ असार २८ गते कालीगण्डकीको बगरबाट नदीजन्य वस्तु उत्खनन र […]

वनजंगल मासिँदा पानीका मुहान सुक्दै

२१ माघ, खलङ्गा । दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । […]

सधैँ मल र बीउकै अभाव

हनुमाननगर, १२ मङ्सिर । उहाँ हुनुहुन्छ, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ । उहाँले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “साहुबाट ऋण सापटी लिएर लगानी त गरेँ तर समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन हुने सम्भावना देखिँदैन ।” खेत पनि आफ्नै […]

सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्‍याउन चालू आर्थिक वर्षमा चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ । तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन ।      सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्‍याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि १५ लाखभन्दा बढी खर्चेर पक्की बनाइएको थियो । चार लाख खर्चेर सडक बनाउँदा १५ लाखमा बनेको संरचना भत्किने विषयमा सम्बद्ध निकायले चासो दिएको छैन ।      ‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ,’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘एउटा संरचना बनाउँदा अर्काे बनेको संरचना बिग्रिने घटना धेरै छन् ।’ पौडेल चौरगाउँका स्थानीयवासी समेत हुन् । यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढ वर्ष हुँदासमेत पुनर्निर्माण हुन सकेका छैनन् । करोडौं रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना ७५ लाखमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो । जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी कोरिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालय समेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । ‘एउटा काम गर्दा अर्काे काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरू बिग्रिने केही छ/छैन भनेर हेर्नुपर्छ,’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सैनिक टोलका पदमबहादुर श्रीशले भने, ‘बाटोले खानेपानीको योजना बिगार्छ, दुःख हामीलाई हुन्छ ।’ कुश्मीशेरा बजारदेखि कान्ले हुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्ष नै खानेपानीको पाइप माग्न नगरपालिकामा पुगे । ‘योजनाबाटै मर्मत गर्न स्रोत छैन, इस्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन,’ उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईंले भने, ‘पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाइँदैन ।’ पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको इस्टिमेट नहुने र इस्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो आउने गर्छ । रासस

आयात प्रतिस्थापनको प्रयास

मुलुकमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा काम गर्ने जनशक्ति अभाव, खेतियोग्य जमिन खडेरीमा प्रयोजन हुनु, रासायनिक मलको अभाव,बीउ, सिँचाइ, उन्नत प्रविधिको अभाव, लागत मूल्य महँगो हुनु लगायतका अन्य कारणले गर्दा कृषि उत्पादन बढ्न सकेको छैन प्रजातन्त्रको […]

रसुवाको करिब ११% क्षेत्रमा सिँचाइ सुविधा

खेतीयोग्य जमिनको सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सकिने भए पनि बजेट अभाव, भौगोलिक विकटता र कमजोर भौगर्भिक अवस्था प्रमुख समस्याको रूपमा रहेको देखिन्छ। सिँचाइका कार्यक्रम सञ्चालन गर्दा विस्तृत अध्ययनबिना नै योजनामा बजेट राखिँदा ती योजना समयमा सम्पन्न ह...

सिँचाइ पोखरी बनेपछि किसानमा छायो खुसी

रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचा...

बजेट अभाव हुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती

पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।

मध्यपश्चिमका अधिकांश जमिनमा सिँचाइ अभाव

मध्यपश्चिममा साढे चार लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन । कुल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा सिँचाइ सुविधा