बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
ढोरपाटन (बागलुङ)- बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करो...
ढोरपाटन (बागलुङ)- बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करो...
मनसुनी वर्षामा ढिलाइ र सिँचाइ अभावका कारण कोशीमा ७३ प्रतिशत र मधेश प्रदेशमा ४६ प्रतिशत खेतमा मात्रै रोपाइँ हुन सकेको हो । गत वर्ष यति बेला दुवै प्रदेशमा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा रोपाइँ भइसकेको थियो ।
भ्दौ ३१, स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ ।
किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो ।
किसानले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो ।
कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवर्द्धक खाद्य बालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए ।
किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पुर्याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पुर्याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताए ।
हमालले भने, ‘मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए ।
आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८/०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।
यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।
गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए ।
अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ । रासस
साउन ९, चितवन । चितवनमा साउनको पहिलो सातासम्म ९२ प्रतिशत रोपाई सकिएको छ भने ८ प्रतिशत धान रोपाई गर्न बाँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १० प्रतिशत र माडी नगरपालिकामा ५ प्रतिशत रोपाई गर्न बाँकी रहेको छ ।
पूर्वी चितवनका स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालीका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाई सकिएको कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।
उनका अनुसार चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाको धानयोग्य जमीन झण्डै आधा क्षेत्रफल ओगटेको छ । ‘भरतपुरकोे अन्य स्थानमा रोपाई सकिएपनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने गर्छन ढकालले भने, सिँचाईको सुविधापनि त्यतातिर ढिलानै हुन्छ ।’
पूर्वी चितवनका अधिकांश क्षेत्रतिर चैते धान थन्क्याएर लगत्तै बर्खे धान लगाईने भएकोले चाँडो रोपाई शुरु हुने र चाँडैनै सकिने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले चितवनमा अधिकांश पालिकामा धान रोपाई सकिएको र साउनको दोस्रो सातासम्म चितवनका सबै क्षेत्रमा धान रोपाई सकिने जानकारी दिए । ‘सिँचाई, बोरिङ, र नियमित बर्षा भएकोले पनि धान रोपाई समयमै सकिन्छ पौडेलले भने, अहिले मल, बीउको अभाव पनि त्यस्तो देखिएन ।’ पूर्वी चितवनको रत्ननगरपालिकाको केही स्थानहरुमा बाढीले धान बगाएको कारण किसानले छरुवा धान लगाएको पौडेलले बताए । यो वर्ष मौसम अनुकुल र रोग किराको प्रकोप नदेखिएकाले उत्पादन पनि राम्रो हुने उनको भनाइ छ ।
चितवनको खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमिनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलव ५२ रहेको छ ।
मकवानपुर जिल्ला समेत हेर्दै आएको ज्ञानकेन्द्रले त्यहाँका १० ओटा स्थानीय तहमा ९५ प्रतिशत धान रोपाई सकिएको जानकारी दिएको छ ।
रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ ।
पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचा...