सिँचाइ पोखरी बनेपछि किसानमा छायो खुसी

रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचा...