रसुवा– जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् । डाँडापाखामा […]