जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्