रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरुपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायम