धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

काठमाडौं, ९ चैत्र । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ। पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ। मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए। सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल […]

सम्बन्धित सामग्री

'एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउँछ'

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे। धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए।...

चावहिलको मालपोत : आफ्नो भवन १० वर्षदेखि अलपत्र, भाडामा मासिक सवा २ लाख खर्च

काठमाडौं :  धोबीखोला करिडोर हुँदै पहेँलो पुलको घुम्ती कटेपछि देखिन्छ रातो रंग लगाएको एउटा नयाँ भवन। लगाएको रंग पनि खुइलिएको छ। झ्यालढोका ह्वाङ्गै छन्। भवनको पर्खाल भत्किँदै गएको छ। लामो समयदेखि अलपत्र भवन देख्ने जोकोही सर्वसाधारण ‘यो कसको घर होला?’ ‘केका लागि बनेको होला?’ भनी जिज्ञासा राख्ने गर्छन्।यो निर्माणाधीन भवन मालपोत कार्यालय चावहिलको हो। तर,यो १० वर्षदेखि प्रयोगविहीन छ। भवनको सबै संरचना निर्माण कार्य सकिइसकेको छैन। नयाँ भवनको गेट बनेको छैन। नेप

मन्त्री झाँक्रीले हटाइन् धोबीखोला करिडोर सडक ओगटेर राखिएका निर्माण सामग्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो ।काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीले

फुटपाथमा विद्युत् प्राधिकरणको सीटी बक्स, बटुवा च्यापिँदै र घस्रिँदै हिँड्छन् !

‘उसै त हिँड्ने ठाउँ छैन । एक जना मान्छे नअट्ने यत्रो जाबो फुटपाथमा यो ढ्वाङ्ग ल्याएर के खान तेर्स्याएको होला ?’, धोबीखोला करिडोरमा निर्माण व्यवसायी महासङ्घ कार्यालयको पर्खाल र विद्युत् प्राधिकरणले बनाएको संरचना, केवल टर्मिनेशन बक्स अर्थात् सीटी बक्सको बीचबाट चेपिँदै र घस्रँदै अनामनगरको हनुमानस्थानतिर जान लाग्नुभएकी शारदा भण्डारीको आक्रोश हो यो । नेपाल विद्युत् प्राधिकरणले केवल भूमिगत गरी बिजुली वितरण गर्नका लागि त्यहाँ सीटी बक्स बनाएको छ । केवल भूमिगत गरेपछि प्राधिकरणले धोबीखोला करिडोर सडकको फुटपाथमा ल्याएर सी...

दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर

काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन । खोलाको दुवैतिर गरी कुल २४ किलोमिटर लम्बाइ रहेको यस करिडोरको निर्माण २०५८ सालदेखि सुरु भएको हो । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापको व्यवस्थापन तथा सहरी विकासका लागि विभिन्न उपाय खोज्दै जापान सहयोग नियोग (जाइका)ले सन् १९९३ मा गरेको अध्ययन प्रतिवेदनको सुझाव अनुसार २०५८ देखि यो आयोजना सुरु गरिएको हो । झन्डै दुई दशकको अवधिमा अहिलेसम्म आयोजनाको ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन सकेको छैन । ट्र्याक खोल्ने काम अझै दुई प्रतिशत बाँकी रहेको छ । अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ७० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् भने आयोजनाको सुरुका वर्षमा निर्माण गरिएका संरचनासमेत ठाउँठाउँमा भत्किन थालेका छन् । सो करिडोर निर्माणको जिम्मा पाएको सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त भाइकाजी तिवारी बजेटको अभाव तथा ठाउँठाउँमा जग्गा विवादका कारण आयोजनाको काम आशा गरेअनुसार अगाडि बढ्न नसकेको बताउनुहुन्छ ।

धोबीखोला करिडोर : १८ वर्षसम्म अधुरै

१८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको

धोबीखोला करिडोर : १८ वर्षमा पनि सकिएन

१८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण...

धोबीखोला करिडोर निर्माण : शहरी सुशासनका कुरुप नमूना

२०३८ सालमा रामप्रसाद श्रेष्ठ नवलपरासीबाट काठमाडौं आउँदा धोबीखोलाको दुवै किनारा धेरै ठाउँमा झाडीले ढाकेको थियो। बर्खायाममा धोबीखोलाको पानी आसपासको बस्तीतिर पनि पस्थ्यो। श्रेष्ठ ओभरसियर भएर सरकारी सेवामा प्रवेश गरे। उनी सरकारी सेवामा प्रवेश गरेको १२ वर्षपछि, २०५० सालमा धोबीखोलाको दुवै किनारमा सडक बनाउने परिकल्पना गरियो। ...