धोबीखोला करिडोर: २२ वर्षमा पनि पुरा भएन २४ किमि विस्तारको काम, वर्षमा एक किमि मात्र बन्दैछ

काठमाडौं। निर्माण थालेको दुई दशक बितिसक्दा पनि धोबीखोला करिडोर पुरा हुने टुंगो देखिएको छैन। काठमाडौं उपत्यकामा बढ्दो सडक जामलाई हेरेर ट्राफिक

सम्बन्धित सामग्री

नौ वर्षमा थपियो तीन हजार ११८ किमि प्रसारणलाइन

नेपालको विद्युत् प्रसारण प्रणालीमा नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारणलाइन निर्माण भएको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको आवश्यकता...

कर्णालीमा एक वर्षमा २३ किमि मात्र सडक कालोपत्र

एक वर्षमा कर्णाली प्रदेशमा २२.९ किमि मात्र सडक कालोपत्र भएको छ । कच्ची र ग्राभेल सडक निर्माणमा पनि यो प्रदेश पछि छ । आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तसम्म प्रदेश र पालिकातर्फ कर्णालीमा ९० किमि सडक कालोपत्र भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७९/८० अनुसार फागुनसम्म थप १ किमिसहित कर्णालीमा प्रदेश र पालिकातर्फ भएको नयाँ सडक कालोपत्रको दूरी ९१ किमि पुगेको छ । १ किमि प्रदेशतर्फ कालोपत्र भए पनि पालिकातर्फ कालोपत्र नै नभएको जनाइएको छ ।

पाँचवर्षको उपलब्धि चार किमि सडक कालोपत्रे

स्याङ्जा-स्थानीय तह निर्वाचन २०७४ पछि स्याङ्जाको गल्याङ नगरपालिकाले पाँच वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको छ । सो अवधिमा नगरभित्रका विभिन्न वडामा चार किलोमिटर सडक कालोपत्रे गरेको हो ।गल्याङ् नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार नगरपालिकाको वडा नं १ को बसिनडाँडादेखि सार्वजनिक माविसम्म १ किमि, वडा नं. २ को जिरोदेखि नयाँ मिलसम्म ९ किमि, ३ को गल्याङ […]

तीन वर्षमा १२ किमि सडक कालोपत्रे

दाङ-जिल्लामा तीन वर्षको अवधिमा प्रदेश सरकारबाट १२ किलोमिटर सडक कालोपत्रे भएको छ भने चारवटा पक्की पुल निर्माण गरिएको छ ।सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७५-०७६ देखि हालसम्मको आर्थिक वर्षको तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चारवटा पक्की पुल निर्माणसँगै १२ किलोमिटर सडक कालोपत्रे गरेको हो ।२०७५ साल मंसिर महिनामा कार्यालय स्थापना भएपछि […]

जुम्लामा सडक विकास

५० किमि ग्राभेल, तीन किमि पिच र ३५ किमि सडक चौडाजुम्ला-कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी […]

६ वर्षमा हुलाकी राजमार्ग कालोपत्रे ३२ किमि

कञ्चनपुर । कञ्चनपुरमा ६ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्रे गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ । राजमार्गको ६२ किमि क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्यसमेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।      पहिलो खण्डमा डोकेबजारदेखि बुटावारीसम्मको २० किमि लागि ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमि सडक निर्माणका लागि ४१ करोड र तेस्रो खण्डको २२ किमि सडकका लागि ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।      बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । ‘०७३ मा राजमार्ग निर्माण कार्य सुरु गरी ०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो’, हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुप¥यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि काम अगाडि बढाउन विलम्ब भएको छ ।’    राजमार्गको सुरु बिन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउन बारम्बार तोकता गर्दै आए पनि नहटाइँदा ३५ दिने सूचना जारी गरिएको उनले बताए । बेलौरीको पचुँइमा १ हजार ६०० मिटर राजमार्ग कालापत्रे भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रे अगाडि बढ्ने सूचना अधिकारी मडैले जानकारी दिए ।       ‘तीन वटै ठेक्काको म्याद सकिएको छ’, उनले भने, ‘पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।’       कोभिडलाई दृष्टिगत गरी म्याद सकिएका निर्माण कम्पनीलाई ६ महिना विभागले काम गर्न म्याद थपे पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीयको भनाइ छ ।      निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माण कार्य अगाडि बढाउन विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारी बताउँछन् ।      राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यसबेला कालोपत्रे गर्ने कार्य गुणस्तरयुक्त नहुने हुँदा काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्रे सुरु हुने उनले जानकारी दिए ।      राजमार्गको कुल चौडाइ १२ मिटर छ । यसमा सात मिटर कालोपत्रे गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र वाल निर्माण पूरा गरिएको छ ।      सडक कालोपत्रे पूरा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीयको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्रे गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवागमनमा समेत अप्ठेरो परेको छ ।      पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापारीकरण गरी गरिबी निवारणमा सघाउ पु¥याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ । राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाई सडकमा परिणत गरी राजमार्गको रूपमा विकसित गरिन लागेको छ । रासस

गाउँपालिकाले खोल्यो पाँच किमि बढी सडक ट्रयाक

लमजुङको अधिकांश भौगोलिक क्षेत्र विकट रहेको क्व्होलासोथार गाउँपालिकाले एक आर्थिक वर्षमा पाँच किलोमिटरभन्दा बढी नयाँ सडक ट्रयाक खोलेको जनाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा मात्रै विभिन्न वडाका विकट गाउँमा जोड्ने पाँच किलोमिटर ६४१ मिटर सडक नयाँ ट्रयाक खोलेको हो ।गाउँपालिकाले पालिकाभित्रका वडा नम्बर २, ५, ६ र ९ अन्तर्गतका विभिन्न गाउँ पुग्ने नयाँ सडक […]

तीन वर्षमा फास्ट ट्रयाक सक्न मुस्किल

समयमै नसकिए एक खर्ब ७५ अर्ब १९ करोडको आयोजनाको लागत अझै बढ्ने - लम्बाइ : ७२.५ किमि - सुरुङमार्ग : ६.४१ किमि  (महादेवडाँडा– ३.३५५ किमि, धेद्रे– १.६३०  किमि र लेनडाँडा– १.४३० किमि) - पुल : १०.५९...

कर्णाली करिडोरको १२२ किमि सडक हस्तान्तरण

कर्णालीको लाइफ लाइनका रूपमा रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको १२२ किमि सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । निर्माणको जिम्मा लिएको सात वर्षमा नेपाली सेनाले निर्माणकार्य सकेर हस्तान्तरण गरेको हो ।कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी […]