काठमाडौं : धोबीखोला करिडोर हुँदै पहेँलो पुलको घुम्ती कटेपछि देखिन्छ रातो रंग लगाएको एउटा नयाँ भवन। लगाएको रंग पनि खुइलिएको छ। झ्यालढोका ह्वाङ्गै छन्। भवनको पर्खाल भत्किँदै गएको छ। लामो समयदेखि अलपत्र भवन देख्ने जोकोही सर्वसाधारण ‘यो कसको घर होला?’ ‘केका लागि बनेको होला?’ भनी जिज्ञासा राख्ने गर्छन्।यो निर्माणाधीन भवन मालपोत कार्यालय चावहिलको हो। तर,यो १० वर्षदेखि प्रयोगविहीन छ। भवनको सबै संरचना निर्माण कार्य सकिइसकेको छैन। नयाँ भवनको गेट बनेको छैन। नेप