फुटपाथमा विद्युत् प्राधिकरणको सीटी बक्स, बटुवा च्यापिँदै र घस्रिँदै हिँड्छन् !

‘उसै त हिँड्ने ठाउँ छैन । एक जना मान्छे नअट्ने यत्रो जाबो फुटपाथमा यो ढ्वाङ्ग ल्याएर के खान तेर्स्याएको होला ?’, धोबीखोला करिडोरमा निर्माण व्यवसायी महासङ्घ कार्यालयको पर्खाल र विद्युत् प्राधिकरणले बनाएको संरचना, केवल टर्मिनेशन बक्स अर्थात् सीटी बक्सको बीचबाट चेपिँदै र घस्रँदै अनामनगरको हनुमानस्थानतिर जान लाग्नुभएकी शारदा भण्डारीको आक्रोश हो यो । नेपाल विद्युत् प्राधिकरणले केवल भूमिगत गरी बिजुली वितरण गर्नका लागि त्यहाँ सीटी बक्स बनाएको छ । केवल भूमिगत गरेपछि प्राधिकरणले धोबीखोला करिडोर सडकको फुटपाथमा ल्याएर सी...