२०३८ सालमा रामप्रसाद श्रेष्ठ नवलपरासीबाट काठमाडौं आउँदा धोबीखोलाको दुवै किनारा धेरै ठाउँमा झाडीले ढाकेको थियो। बर्खायाममा धोबीखोलाको पानी आसपासको बस्तीतिर पनि पस्थ्यो। श्रेष्ठ ओभरसियर भएर सरकारी सेवामा प्रवेश गरे। उनी सरकारी सेवामा प्रवेश गरेको १२ वर्षपछि, २०५० सालमा धोबीखोलाको दुवै किनारमा सडक बनाउने परिकल्पना गरियो। ...