पशुपति आर्यघाटमा शव जलाउने दाउराको अभाव भएपछि नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन)ले निजी क्षेत्रबाट दाउरा खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ ।
कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरको संक्रमण फैलिएसँगै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याइने शवको संख्यामा वृद्धि भएपछि दाउराको अत्यधिक माग भएकाले त्यसलाई परिपूर्ति गर्न १० लाख केजी दाउरा खरिदका लागि टेण्डर अगाडि बढाएको टिम्बर कर्पोरेसन आपूर्ति शाखाकी सहायक प्रबन्धक सुष्मा आचार्यले बताइन् ।
‘पछिल्लो समयमा पशुपति अर्याघाटमा रहेको डिपोमा शव...