काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन्। आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की,