काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । टोलीका सबै खेलाडी आज साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुनेछन् । नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा अफ्रिकी राष्ट मौरिससविरुद्ध खेल्दैछ । अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो […]