नेमकिपा अध्यक्ष विजुक्छेले गरे मतदान

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थय लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित हुने बताए । जिल्लाका सबै मतदान केन्द्रमा...

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो, राप्रपा र नेमकिपा सहभागी भएनन्

काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा ८३१ मत खसेको छ। बिहीबार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदानमा संघीय संसद्का ३३४ मध्ये ३१३ र प्रदेशसभाका ५५० मध्ये ५१८ जनाले मतदान गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। राष्ट्रपतिमा कांग्रेसका तर्फबाट ९ दलको समर्थनमा रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदु

नेमकिपाले गर्‍यो मतदान बहिस्कार

राष्ट्रपति निर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

२९ पुस, हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए । विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ । ११० […]

जनताका पक्षमा मतदान गर्न नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंकाे आग्रह

काठमाडाैं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गरका छन्। भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो आग्रह गरेका हुन्। अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाए। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेद्वारा मतदान

पाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे ले मतदान गर्नुभएकाे छ । भक्तपुर –५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे ।

नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो ।प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै  विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका

नेमकिपाले उपसभामुख पदमा मतदान नगर्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय निर्णय भएको बताए ।  उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उमेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा नेमकिपाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाअन्तर्गत बागमती  प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उम्मेदवारी दिएको छ ।  हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको हो ।   राष्ट्रिय सभामा कार्यकाल सकिने १९ जना सदस्यमध्ये बागमती प्रदेशका २ जना थिए । एक महिला र एक खुलातर्फका सदस्य पदका लागि  माघ १२ गते मतदान हुन लागेको हो ।  मनोनयन दर्ताको कार्यक्रम मंगलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म ...

नमूना मतदान अभ्यासमा उम्मेदवार

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगी मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । बिहीबार चुनाव प्रचार प्रसार छाडेर उनी सदरमुकामस्थित स्नोल्याण्ड होटलमा भएको नमूना मतदान केन्द्रमा मतपत्र लिएर मत हाल्ने प्रक्रिया सिक्न व्यस्त थिए ।