राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा नेमकिपाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाअन्तर्गत बागमती  प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उम्मेदवारी दिएको छ ।  हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको हो ।   राष्ट्रिय सभामा कार्यकाल सकिने १९ जना सदस्यमध्ये बागमती प्रदेशका २ जना थिए । एक महिला र एक खुलातर्फका सदस्य पदका लागि  माघ १२ गते मतदान हुन लागेको हो ।  मनोनयन दर्ताको कार्यक्रम मंगलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना...

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ ।  प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको...

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ। हिजोदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि उम्मेदवारलाई नाम फिर्ताको समय

राष्ट्रिय सभा निर्वाचन : कुन दलबाट कहाँ को-को उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ । आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो । दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र ...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका एक जना उम्मेदवारीबाट वञ्चित

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन गएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार वञ्चित भएका छन् । लोसपाले राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट उम्मेदवारीका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेका श्यामसुन्दर सरदार उम्मेदवारी दर्ताबाट वञ्चित भएका हुन् ।प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निर्वाचन अधिकृत पुष्पा झाले आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा सरदारको नाम रहेकाले उम्मेदवारी रद्द भएको जनाएकी छिन्

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ४३ जनाको उम्मेदवारी

आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन हुँदै छ...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ?

विराटनगर, २० पुस : राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन् । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिन लागेपछि तीन जनाका लागि हुन गइरहेको निर्वाचनमा […]

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता  हुँदैछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी...