नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

२९ पुस, हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए । विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ । ११० […]

सम्बन्धित सामग्री

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राखेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । यसअघि सभामुख देवराज घिमिरेले खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत...

अर्को व्यवस्था नहुन्जेल लुम्बिनी सरकार ‘काम चलाउ’

दाङ : विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई काम चलाउ सरकार तोकिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार उक्त सरकारलाई काम चलाउ सरकार तोकेका हुन्।संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सरकार नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्री गिरीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी प्रस्ताव पेश गरेका थिए। तर उनको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको हुँदा बहुमतले अस्वीकृत गरेको थियो।बहुमतबाट प्रस्ताव अस्वीकृत भएपछि सभामुख तुलराम घ

उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत

सुर्खेत ।  कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् । ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए । ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले […]

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्...

सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् । प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली […]

कांग्रेसका अधिकारीलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत

२९ पुस, हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकमा अधिकारीलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा जेष्ठ सदस्य बाहेक सबैले मतदान गरेका थिए । अधिकारीको पक्षमा ३६ मत परेको छ भने विपक्षीमा ६५ मत खसेको छ । ७ प्रदेशसभा […]

वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष प्रावधानको प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको परेको संसोधन प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले संसोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जन

पाकिस्तानको संसद्ले इमरान खानको भविष्यको फैसला गर्दै

पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार संसद्को अधिवेशन सुरु भएको छ । सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबारको प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाएका थिए ।खान विरुद्धको अविश्वासको प्रस्तावमाथिको बहस सुरु भएपछि सदन दिउँसो १२ः ३० बजेसम्मका लागि स्थगित गरिएको छ । तर दलहरुबीच छलफलका कारण बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले संसद् निर्णय

प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल ओलीको आजको दिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमवार प्रतिनिधिसभामा विश्वासको मत मागे। तर, उनको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भयो। प्रतिनिधिसभाको आजको बैठकमा ओलीको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत पर्‍यो। सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। त्यस्तै, १५ जना सांसद तटस्थ बसे।…

काभ्रेलाई प्रदेश राजधानी तोकियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौँः प्रदेश नम्बर ३ को राजधानी काभ्रे तोकियोस् भन्ने विवेकशील पार्टीको प्रस्ताव दुई तिहाईले अस्वीकृत भएको छ। विवेकशीलका रमेश पौड्यालले उक्त प्रस्ताव पेश गरेका थिए।  प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत पर्‍यो।  सभामुख सानुकुमार श्रेष्ठले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। अहिले हेटौँडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको