राष्ट्रपति निर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
काठमाडौं– राष्ट्रिय सभा सदस्यका लागि विहीबार भएको मतदान तीन जना स्वतन्त्र जनप्रतिनिधिले बहिस्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सम्पाङ राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका हुन् । सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ […]
२२ पुस, काठमाडौं । बंगलादेशमा भएको आम निर्वाचनमा करिव ४० प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । २९९ सिटमा आइतबार मतदान भएको थियो । तर प्रमुख विपक्षी पार्टी बगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहिस्कार गर्दै २८ घण्टे हड्ताल आह्वान गरेको थियो । कडा सुरक्षाका बीच भएको निर्वाचनका क्रममा कतिपय क्षेत्रमा तनाव उत्पन्न भएको थियो […]
काठमाडौं : ट्युनिसियामा हिजो भएको आम निर्वाचनमा अत्यधिक न्यून मतदान भएको छ। विपक्षी दलहरुले निर्वाचन बहिस्कार गरेपछि देशभर न्यून मतदान भएको हो। त्यहाँको मुख्य विपक्षी गठबन्धनले निर्वाचनमा सहभागी नहुन मतदातालाई आह्वान गरेको थियो। जसका कारण संसदीय निर्वाचनमा मतदानका लागि योग्य ९ प्रतिशतभन्दा कम मतदाताले मात्रै मतदान गरेका छन्। अत्यधिक कम मतदान भएपछि विपक्षी दलहरुले सरकार निर्वाचन गराउन असफल भएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन्। विपक्षी दल द नेशनल साल्भेसन फ्रन्टका प्रमुख न
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ । उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिस्कार गर्नुभएको हो । आफ्नो क्षेत्रमा पुनः मतदान गर्न उहाँले माग गर्नुभएको छ । सुरुदेखि नै मतगणनामा गडबड भएको खनालको आरोप छ । जारी मतगणनामा […]
४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको […]
२९ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै यो क्षेत्रका मिटर ब्याज पीडितले मतदान बहिस्कार गर्ने बताएका हुन् । यो क्षेत्रमा करिब ५ सय […]
१६ कात्तिक, उदयपुर । उदयपुरमा स्थानीय तहमा गोली चल्दा एक जनाको मृत्यु भएको मतदानस्थलबाट मतदान गर्ने एउटा वडाका बासिन्दाले मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने भएका छन् । कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । गएको वैशाख ३० मा […]
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश भएको एमसीसीबारे मतदान हुँदा आफ्नो पार्टीका सांसदले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेक छन् ।नेता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत एमसीसीबारे पार्टीले यसअघि पार्टीले गरेको निर्णयमा कुनै परिवर्तन नआएको पनि प्रस्ट पारेका छन् । ‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेक