दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा शुरूआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ ।
कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।
सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पुर्याइदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको...