काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सन् २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपाल पनि छनोट हुने सम्भावना बढेको छ।वेस्ट इण्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने आइसिसीले बताएको छ। नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना न्यून रहेकाले नेपालले एशिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्नेछ।एशिया छनोटमा सहभागी रहने नेपालसहित ५ राष्ट्रको टुङ्गो लागिसकेको छ। बाँकी २ भने क्षेत्रीय छनोटबाट आउनेछन्। गत फागुनम