गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद

गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ।गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्। स्याङ्जाबाट निर्वाचित पञ्चराम गुरुङ प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्की सांसद हुन्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचित विन्दु अधिकारी (पहाडी)। बहुमतको सरकार निर्माणका लागि गण्डकी प्रदेशको हिसाब चाखलाग्दो रहे

गण्डकी प्रदेश : ३२ सांसद सरकारको पक्षमा रहँदा प्रतिपक्षमा २८

पर्वत : नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि गण्डकी प्रदेश सभाको प्रतिपक्षमा बस्ने सांसदको सङ्ख्या २८ जना पुग्ने भएको छ।यसअघि बिहीबार साँझ मात्रै नेकपा (एकीकृत समाजवादी) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मात्रै आफूले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर प्रतिपक्षमा रहने घोषणा गरेकोमा शुक्रबार कांग्रेसले पनि प्रतिपक्षमा नै रहने निर्णय गरेको हो। सङ्घमा कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।संसदीय दलको शुक्रवार बिह

गण्डकी प्रदेश सभा सदस्यहरूले लिए शपथ

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन्।...

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?

२२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् । अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) […]

गण्डकी प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका शाही चयन

गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।

गण्डकी प्रदेश सांसद थापाको पद खारेज

पोखरा। गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापालाई यसअघि पुनर्बहालीका लागि गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रराज अधिकारी लगायतले भ्याकेट निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहनेगरी दिएको आदेश रद्द गरेको हो।

गण्डकी प्रदेश : पार्टीको ह्विप नमान्ने जनमोर्चाका सांसद थापाको पद खारेज हुने

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङव

सांसद नै 'बेपत्ता' भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडाैं : सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि 'सांसद हराएको' भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उ

गण्डकी प्रदेश : जसले मागे कोरोना परीक्षण, उसैलाई पोजेटिभ

काठमाडौं : गण्डकी  प्रदेशसभाका तीन जना सांसदमा कोरोना पोजेटिभ देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नेकपा एमालेका राजीव पहारी (कास्की), प्रभा कोइराला (कास्की)  तथा कांग्रेस सांसद मनकुमारी गुरुङ (गोरखा), प्रदेशसभा सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, एकजना मर्यादापालकमा पनि कोरोना पुष्टि भएको छ। कोरोना पोजेटिभ देखिनेमा मर्यादापालक सुष्मा गुरुङ हुन्।मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै एमाले सांसद

गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडीमा तोडफोड गर्नेमाथि कारबाही गर्न माग

बागलुङ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सांसद एवम् प्रदेश मामिला सभापति कृष्ण थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाका परिषद सदस्यसमेत रहेका थापा चढेको ग१झ३७१ नम्बरको गाडी पुस १७ गते योजना अनुगमनका क्रममा बरेङ गाउँपालिकाको साग्दीमा राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति पुर्याइएको थियो । राजमो बरेङ गाउँपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एवम् गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा यस बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा यसै गाउँ पालिकाको वडा न. ५ सुखौरा देखी वडा न. ४ सल्यान हुँदै वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग१ झ३७१ न. को गाडी राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षतिग्रस्त गराएको घटना प्रति राजमो बरेङ गाउँ समिति खेद तथा निन्दा प्रकट गर्दै अपराधिक गतिविधिमा संलग्न समूह वा व्यक्तिको अनुसन्धान गरि तत्काल कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ त्यस्तै, राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले पनि सांसद थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । राजमो जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छः ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एबम गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा बरेङ गाउँपालिका वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग.१ झ.३७१ न.को गाडी राती पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति ग्रष्त गराएको घटना प्रति रा.ज.मो. जैमिनी नगर समिति खेद तथा निन्दा ...