गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ।गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्। स्याङ्जाबाट निर्वाचित पञ्चराम गुरुङ प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्की सांसद हुन्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचित विन्दु अधिकारी (पहाडी)। बहुमतको सरकार निर्माणका लागि गण्डकी प्रदेशको हिसाब चाखलाग्दो रहे