गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडीमा तोडफोड गर्नेमाथि कारबाही गर्न माग

बागलुङ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सांसद एवम् प्रदेश मामिला सभापति कृष्ण थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाका परिषद सदस्यसमेत रहेका थापा चढेको ग१झ३७१ नम्बरको गाडी पुस १७ गते योजना अनुगमनका क्रममा बरेङ गाउँपालिकाको साग्दीमा राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति पुर्याइएको थियो । राजमो बरेङ गाउँपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एवम् गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा यस बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा यसै गाउँ पालिकाको वडा न. ५ सुखौरा देखी वडा न. ४ सल्यान हुँदै वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग१ झ३७१ न. को गाडी राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षतिग्रस्त गराएको घटना प्रति राजमो बरेङ गाउँ समिति खेद तथा निन्दा प्रकट गर्दै अपराधिक गतिविधिमा संलग्न समूह वा व्यक्तिको अनुसन्धान गरि तत्काल कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ त्यस्तै, राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले पनि सांसद थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । राजमो जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छः ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एबम गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा बरेङ गाउँपालिका वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग.१ झ.३७१ न.को गाडी राती पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति ग्रष्त गराएको घटना प्रति रा.ज.मो. जैमिनी नगर समिति खेद तथा निन्दा ...

सम्बन्धित सामग्री

गिरफ्तार विद्यार्थी नेताहरु रिहा

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् । अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार ‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’ रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो । प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो । अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।