गण्डकी प्रदेश : पार्टीको ह्विप नमान्ने जनमोर्चाका सांसद थापाको पद खारेज हुने

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङव