दाङ : दुई लेनको तुलसीपुर–घोराही सडकखण्ड सडक चार लेनको बन्ने भएपछि यस क्षेत्रका बासिन्दा निकै खुशी भएका थिए। तर, करिब ३ वर्ष बितिसक्दा पनि चार लेन बन्नुको साटो भएकै सडक पनि बिग्रिएपछि सर्वसाधारणले निकै सास्ती भोग्दै आएका छन्।साँघुरो सडकमा गाडीको चाप बढिरहँदा चार लेन सडक निर्माण हुने कुराले धेरै खुशी भएको तुलसीपुर-१७ दुधरासका सागर अधिकारीले बताए। तर, उनले निर्माण हुन लागेको ३ वर्ष हुँदा पनि सडकको अवस्था झन् बिग्रीएको भन्दै अहिले दुःखपूर्वक असुरक्षित