दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा योगी

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सहमतिमा चयन भएका छन् । संघको आज तुलसीपुरमा सम्पन्न सातौँ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको  निर्वाचन समितिले जनाएको छ ।संघको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली,सचिवमा युद्धबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडका रहेका छन् । त्यसैगरी सदस्यहरुमा केवल खत्री, मदन केसी, रेगबहादुर खत्री रहेको जनाएको छ ।

सम्बन्धित सामग्री

दाङमा इँटाको मूल्य बढ्यो

दाङमा इँटाको मूल्य बढेको छ। दाङ देउखुरी इँटा व्यवसायी संघले आइतबार विज्ञप्ति जारी गर्दै इँटाको मूल्य बढाएको

अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

बर्सातले इँटामा क्षति

पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ । दाङ  देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।  “समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पुर्‍यायो,” उनले  भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा...

हिउँदे वर्षाले काँचो इँटामा क्षति

दाङमा पोल्न तयार पारिएको करोडौं मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पु¥याएको छ ।एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा हिउँदे वर्षाले नष्ट गरेपछि भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । “दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ” दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भने, “भट्टीमा पोल्नका […]

हिउँदे वर्षाले डेढ करोडको इँटामा क्षति

दाङ : केही दिनअघि भएको वर्षाका कारण दाङमा करिब डेढ करोड रूपैयाँ बराबरको काँचो इँटामा क्षति भएको छ।करिब एक महिनादेखि बनाएर भट्टीमा पोल्न तयार पारिएका  काँचो इँटा मंगलबार र बुधबार परेको पानीले क्षति गरेको इँटा उद्योग सञ्चालकहरूले बताएका छन्।दुई दिनसम्म परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समिति सहसचिव तेसीराज पोख्रेलले बताए। पोख्रेलका अनुसार एउटा काँचो इँटा तयार गर्न करिब सात रुपैयाँ पर्दछ।‘यति धेरै इँटा कामै नलाग्ने गरी क्षति भएको छ&s

दाङमा हिउँदे वर्षाले करोडाैँ मूल्य बराबरकाे काँचो इँटा नष्ट

दाङ - इँटाभट्टामा पोल्न तयार पारिएको करोडाैँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएकाे मङ्गलवार र बुधवार परेकाे वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको  काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तय...