पुस १४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५१ अंक बढेको छ ।
नेप्से परिसूचक २ हजार ५२४ दशमलव ५० विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रको ५६ लाख ३८ हजार २७९ कित्ता शेयरको ४२ हजार ५१२ पटकमा रू. ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४६ दशमलव ४० पुगेको हो । त्यसैगरी दोस्रोमा नेपाल बंगलादेश बैंकको शेयरमूल्य ९ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०२ दशमलव ५० पुगेको हो ।
त्यसैगरी, बुधवार सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ३ दशमलव ३९ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८५ मा झरेको छ ।
बुधवार सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टिलरीको भएको छ । कम्पनीको रू. ५२ करोड ५५ लाख ८० हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ८७० कायम भएको छ । कम्पनीको साधारण सभा र लाभांश प्रयोजनको लागि तोकिएको बुक क्लोजको मिति नजिकिएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेकाले पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
त्यसैगरी, दोस्रोमा नबिल बैंकको रू. ४७ करोड ७१ लाख ८२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो ।
समूहगत परिसूचक बढ्नेमा निर्जीवन बीमा समूहको परिसूचक २ दशलमव २१ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी, बैंकिङ समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशलमव ५७ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ८४ प्रतिशत, अन्य समूहको शून्य दशलमव ९९ प्रतिशत लघुवित्त समूहको शून्य दशलमव २४ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव १३ प्रतिशत बढेको हो ।
त्यसैगरी, समूहगत परिसूचक घट्नेमा व्यापार समूहको शून्य दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशलमव ७ प्रतिशत, वित्त समूहको शून्य दशलमव २१ प्रतिशत, जीवन बीमा समूहको शून्य दशलमव ५ प्रतिशत र लगानी समूहको परिसुचक शून्य दशलमव ३२ प्रतिशतका दरले घटेको हो ।
मंगलवारको तुलनामा बुधवार कारोबार रकममा भने वृद्धि भएको छ । मंगलवार रू. ३ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री भएकोमा बुधवार रू. ३ अर्ब ६२ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
बुधवारको बजार सामान्य डोजी आकृती बनेको छ । यस्तो आकृतीले अन्योल सृजना गर्दछ । यद्धपि लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको नाफा, जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातको बारेमा राम्रोसँग हेरर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।