नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले लाभांश घोषणा गरेका हुन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।जस अनुसार  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।त्यस्तै  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

सम्बन्धित सामग्री

नबिल इन्भेष्टमेन्टले संचालन गरेका २ म्युचुअल फण्डको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । जस अनुसार नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड  बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै  नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।