काठमाडौँमा कुहिने र नकुहिने फोहोर नछुट्याए हरेक पटक ५०० जरिवाना

साउन १ गतेदेखि काठमाडौँ महानगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने भएको छ । काठमाडौँ महानगरको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै दोहोरलाई कुहिने र नकुहिनेमा बर्गिकरण गर्नु पर्ने र बर्गिकरण नगरे प्रत्येक पटक ५०० जरिवाना हुने जनाएको छ ।  स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने सूचनामा उल्लेख छ ।सूचनामा भनिएको छ 'काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार २०७९ साल साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरवासीलाई विनम्र अनुरोध छ । उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराइन्छ । यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

सम्बन्धित सामग्री

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने […]

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुहिने फोहोर राख्न काठमाडौं महानगरले सहुलियतमा भाँडो उपलब्ध गराउने

बजारमा झन्डै चार हजार मूल्य पर्ने कम्पोस्ट बिन भाँडो महानगरले १५ सयमै उपलब्ध गराउने कुहिने र नकुहिने फोहोर व्यवस्थापनमा यसअघि असफल भएको काठमाडौं महानगरपालिकाले फोहोर छुट्याउने फरक तरिका अपनाएको छ । महानगरले...

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ । नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो । बञ्चरेडाँडामा फोहोर रोकिँदा यहाँ फोहोर रोकिएको छ । अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौँ । अब कुहिने फोहोर हप्ताको दुई […]

महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीलेे १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन् । तर ७ साउनसम्म गाडी नआएपछि बाध्य भएर उनले छुट्याएर राखेको फोहोर पनि सडकमै लगेर फालिन् । कुहिने फोहोर सडकमै फाल्न बाध्य भएपनि […]

महानगरका कर्मचारीले कुहिने फोहोरलाई प्लास्टिकको झोलामा नहाल्न सुझाएपछि...

काठमाडौं । काठमाडौं महानगरले आज (आइतबार)देखि कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै उठाउन थालेको छ । आज कुहिने फोहोर उठाउने दिन । अधिकांशले प्लास्टिकमा पोको पारेको पाइयो ।  यस्तो देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरूले कुहिने फोहोर ल्याउँदा प्लास्टिकमा पोको नपार्न आग्रह गरे ।  कतिपयले कुहिने र नकुहिने फोहोर मिसाएरै ल्याए । यसरी...

कुहिने र नकुहिने फोहोर आजबाट छुट्टाछुट्टै दिन संकलन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ । महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।  तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग...

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुह

कुहिने फोहाेर घरभित्रै व्यवस्थापन गराैँ - काठमाण्डाै महानगरपालिका

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।  महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि  फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय ब...

फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग महानगरको अनुरोध

काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितको नाममा आज एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारको लाई फोहोर संकलन गर्ने गाडी आएर पछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।  विभागका प्रमुख हरि कुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन ...