महानगरका कर्मचारीले कुहिने फोहोरलाई प्लास्टिकको झोलामा नहाल्न सुझाएपछि...

काठमाडौं । काठमाडौं महानगरले आज (आइतबार)देखि कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै उठाउन थालेको छ । आज कुहिने फोहोर उठाउने दिन । अधिकांशले प्लास्टिकमा पोको पारेको पाइयो ।  यस्तो देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरूले कुहिने फोहोर ल्याउँदा प्लास्टिकमा पोको नपार्न आग्रह गरे ।  कतिपयले कुहिने र नकुहिने फोहोर मिसाएरै ल्याए । यसरी...

सम्बन्धित सामग्री

कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु

काठमाडौं।अबदेखी कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु गरिएको छ।अर्थ मन्त्रालयले असमान बढाएको तलब लागू नहुने भएको छ।सिंहदरबार भित्रको निजामती कर्मचारीले आन्दोलनको घोषणा गरेका छन्।पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु हुँदा जना घाइते भएका छन्।क्यानले केन्या भ्रमणअघि मुख्य प्रशिक्षक तय गर्ने बताएको छ।

शुक्लाफाँटामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

साउन २५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाइने भएको छ ।   एशियाली विकास बैंकको रू. ५२ करोड सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत केन्द्र निर्माण कार्य हुन लागेको हो । यसका लागि कृष्ण सामुदायिक वनको १४ बिघा ३० कट्टा जग्गाको भोगाधिकारका लागि वन मन्त्रालयमा निवेदन पेश गरिएको छ । निवेदन स्वीकृत भएपछि निर्माणले गति लिने भएको छ ।  गत फागुनमै केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि मन्त्रालयले वनको भोगाधिकार नदिँदा निर्मार्ण अगाडि बढ्न नसकेको नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए । ‘मन्त्रालयमा पेश गरिएको निवेदन छिट्टै स्वीकृत हुने अश्वासन पाएको छु” उनले भने, ‘अब कार्यले गति लिन्छ ।’ यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइए) लगायत पूरा भएका छन् । माटो परीक्षणको कार्यसमेत गरिएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्ट्याइ मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल तयार गर्ने र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । वातावरणमा असर नपर्ने गरी केन्द्रका लागि संरचना निर्माण हुनेछन् ।  ‘एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भएपछि रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमासमेत वृद्धि हुन्छ’ नगरपालिकाका इञ्जिनीयर दीपक धामीले भने, ‘नियमित फोहर संकलनको कार्य हुने भएकाले नगर सफासुग्घर हुनुका साथै विभिन्न सरुवा रोगबाटमुक्ति मिल्छ ।’ उनका अनुसार शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट झण्डै तीन टन बढी फोहर संकलन हुने गरेको छ । नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीले फोहर संकलन गरी एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनोट गरिएको स्थानमा फाल्ने गरेका छन् ।  केन्द्र निर्माण हुने क्षेत्रका प्रभावित बासिन्दाका लागि नगरपालिकाले सडकमा ग्राभेल तटबन्ध निर्माण, सामुदायिक वन क्षेत्रमा तारवार गर्ने कार्यलाई अगाडि बढाएको छ । आव २०७५/७६ मा रू. पाँच लाखको लागतमा वनहरा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र रू. नौ लाख ५० हजारको लागतमा सडक निर्माणसँगै ग्राभेल हाल्ने पूरा गरिएको छ । यसैगरी, आव २०७७/७८ मा सामुदायिक वन क्षेत्रमा तारजाली लगाउनका लागि नगरपालिकाले रू. १८ लाख बजेटको व्यवस्था गर्नुका साथै रू. दुई लाखको लागतमा स्यालो टयुबेल जडान गरिएको छ । बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकामा केन्द्र निर्माणकार्यसँगै रू. २७ करोड ८७ लाखको लागतमा नगरपालिका क्षेत्रको चार दशमलव ७ किलोमिटर क्षेत्रमा नालीसहितको कालापत्र सडक निर्माण शुरु गरिएको छ ।  तीन खण्डमा विभाजन गरी सडक निर्माण अगाडि बढाइएको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत रू. ११ करोड २० लाखको लागतमा अत्याधुनिक नगरपालिका कार्यालय भवन निर्माण अगाडि बढाइएको छ । रासस