पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ। यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने तयारी गरेको जिल्ला जनगणना कार्यालय पर्साका निर्देशक केशव ज्ञवालीले जानकारी दिए। उनका…

सम्बन्धित सामग्री

पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट मालपोत कार्यालय पर्सामा आएका शम्भु साह कार्यालयमा मुख्य कर्मचारी नहुँदा काम नबनेपछि आईतबार यत्तिकै घर फर्किन बाध्य भए । मोहीले बुझाएको रकम लिन काठमाण्डौबाट आएका अर्का एक युगलजोडी पनि संघीय गणतान्त्रिक देशका मालपोत र भूमिसुधार कार्यालय पर्साका हाकिम र कर्मचारी नभएकै कारण सेवा लिन नसकी खाली हात घर फर्कन […] The post पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भन्सारका कर्मचारी कुट्ने तीन प्रहरी जिल्ला झिकाइए

२४ साउन, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारीलाई कुटपिट गर्ने तीनजना प्रहरी जिल्ला तानिएका छन् । प्रहरी चौकी ईनर्वामा कार्यरत तीन जना प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अनलाइनखबरमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा कुटपिट गर्दै गरेको देखिएका तीन जना प्रहरीलाई सोधपुछका लागि जिल्ला ल्याइएको बताए […]

पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिए । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् । पर्सामा रहेका कुल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिको निर्वाचनमा लागि कुल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस

नयाँ सारथी लघुवित्तका शाखा प्रबन्धकसहित ४ जना जेल चलान

३ फागुन, वीरगञ्ज । पर्सामा नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन् । बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित चार जना कारागार चलान भएका हुन् । नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार […]

वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीएसपीले पिटे (भिडियोसहित)

काठमाडौं । पर्साको वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरीका डीएसपीले कुटेका छन् । वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ । मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको वीरगञ्जका स

निषेधाज्ञाको १५ औं दिन, यस्तो छ वीरगन्ज (फोटो फिचर)

पर्सा :  पर्सामा निषेधाज्ञा जारी भएको ठिक १५ दिन पूरा भएको छ।कोरोना महामारीले पूरै वैशाख आधा महिना सर्वसाधारणले खुलेर जिल्लाको सदरमुकाम वीरगन्ज बजारमा पुग्न पाएका छैनन्। मुलुकको प्रमुख धमनीका रुपमा रहेको वीरगन्ज भन्सार र ड्राइपोर्ट नाका रहेको जिल्लाको सदरमुकाम वीरगन्जमा भन्सार, ड्राइपोर्ट, वित्तीय क्षेत्रका कर्मचारीदेखि सरकारी कार्यालयका सीमित कर्मचारी मात्र घरबाहिर जाने/आउने गरेका छन्।वैशाख लागेयता मात्र पर्सामा ७१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। यो मानवीय क्षति कम गर्न

पर्सामा घुससहित दुई कर्मचारी पक्राउ

काठमाडाैं । पर्साको धोवनी गाउँपालिकामा दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।गाउँपालिका कार्यालयका लेखापाल र नायब सुब्बालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले घुस लिँदै गर्दा पक्राउ गरेको हो ।    आयोग मकवानपुरबाट ...