नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए ।‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’‘यो सरकारले मल ल्याउन सके