सुगौली सन्धिपछि नेपालको ठूलो भूभाग हालको इण्डियामा परेको र त्यो सन्धि अवैध रहेको भन्दै ग्रेटर नेपालको पक्षमा आवाज उठाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले स्वीटजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयरमा ग्रेटर नेपालको ब्यानरसहित प्रदर्शन गरेका छन् । जेनेभामा संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ४८ औं सत्र चलिरहेको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूले “हामी उपनिवेशबाट स्वतन्त्रता चाहन्छौँ” भन्दै …