ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई पठाउन लागेको पत्र बुझ्न अस्वीकार गरेको छ । मोर्चाले एक विज्ञप्ति प्रकाशित गरी जुलाई १८ तारिखमा काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्रीलाई पठाउनुपर्ने पत्र बुझ्न अस्वीकार गरेको जानकारी दिएको हो । ब्रिटेनको संसद्ले १९४७ जुलाई १८ तारिखमा इण्डियन इण्डिपेन्टेन्ट एक्ट पारित गरेको ७७ वर्ष …