बहसमा अखण्ड भारत र ग्रेटर नेपाल

नेपाली मिडिया र कतिपय बुद्धिजीवीले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रलाई ‘अखण्ड भारत’ भनेर परिभाषित गरे। जबकी उक्त सम्पूर्ण नक्सामा त्यो कतै पनि लेखेको देखिँदैन। भारतीय संसदमा राखिदिएपछि यसरी परिभाषित हुनुपर्दछ भन्ने सोझो तर्क छ। कुरा यति मै सीमित रहेन, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले औपचारिक रुपमा नै ‘ग्रेटर नेपाल’को नक्सालाई आफ्ना कार्यकक्षभित्र राखेर देखाइदिए। […]

सम्बन्धित सामग्री

मेयर बालेनलाई रोक्न र छेक्न सजिलो छैन

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यति बेला देशभित्र मात्र होइन, देशबाहिर समेत चर्चामा छन् । उनको फेसबुक स्टाटसमा हजारौँको कमेन्ट, शेयर र लाइकको वर्षा हुने गरेको छ । केही दिनदेखि भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामा समेत बालेन नाम ट्रेन्डिङ भइरहेको छ । भारतीय राजनीति र चलचित्र उद्योगमा उनीबारे सोधीखोजी बढेको छ । जेठको अन्तिम हप्ता भारतीय संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सालाई जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रियताप्रति आफ्नो धारणा सार्वजनिक गरे...