काठमाडौं : बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले भोलि म्याद थप गर्ने तयारी गरेको छ। त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिने र अनुसन्धानका बाँकी पक्षमा लाग्ने जनाएको छ। गौशला प्रहरीका अनुसार आज अदालत नखुल्ने भएकाले म्याद थप्न भोलिमात्रै अदालतमा लैजाने तयारी गरिएको हो। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमपर्ण गरेका राट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्। दशैं बिदाका कारण उनी