बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाण्डाै – बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज साेमवार काठमाण्डाै जिल्ला अदालत पुर्‍याएकाे थियो । जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ ।  पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि पाण्डेलाई पक्राउ गरी कानुनअनु...