सल्यानमा तीन सय हेक्टर वन सखाप

सल्यान : सल्यानमा तीन सय हेक्टरभन्दा बढी जंगल डढेलोले नष्ट भएको छ। डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका अधिकांश वनमा आगलागी भएको छ।शारदा नगरपालिका २ र छत्रेश्वरी गाउँपालिकाका ९ वटा सामुदायिक वनमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जीतेन्द्र महतले जानकारी दिए। गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेको उनको भनाइ छ।सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय र सुरक्षाकर्मीको मद्दतमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि बढ्दो गर्मी र हावाका कारण नियन्त्रण गर्न कठिनाइ

सम्बन्धित सामग्री

सल्यानमा गठबन्धनका ज्वालाको सुरुवाती अग्रता

सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका  एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।   एक हजार एक सय ७१ मतगणना हुँदा ज्वालाले ६ सय ३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र...

१२ बजेसम्मको अपडेट : सल्यानमा १६ प्रतिशत मत खस्याे

काठमाडाैं : सल्यान जिल्लामा १६ प्रतिशत मत खसेकाे छ। बिहान ७ बजेदेखि सुरु भएकाे मतदानमा मध्यान्न १२ बजेसम्ममा १६ प्रतिशत मत खसेकाे हाे। सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकाेमा २५ हजार ४ सय ५१ मत मात्र खसेकाे हाे।

सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाता

सल्यान  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन्। जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन्।जिल्लामा पुरुष मतदाताको संख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको संख्या ७७ हजार ४ सय ८९ रहेको छ। एक मात्र प्रतिनिधिसभा रहेको सल्यानमा प्रदेश सभा (क) भन्दा प्रदेश सभा

सल्यानमा ८ प्रतिशत घरमै सुत्केरी

सल्यान : सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन्।गत आर्थिक वर्ष २०७८/०७९ मा ८ प्रतिशत अर्थात २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ।जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्

सल्यानमा ठूला दलका ठूला नेता चुनावमा पछारिए

सल्यान : सल्यानमा क्रियाशील राजनीतिक  दलका ठूला नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थोरै मतले ध्रुवराज पुरीसँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केशव बहादुर विष्टले छत्रेश्वरी गाउँपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँग १ हजार २ सय ६९

सल्यानमा ४ सय ३५ पदका लागि १६ सय ७ जनाको उम्मेदवारी

सल्यान : सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ।जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ।सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन क

सल्यानमा मनोनयन दर्ता शान्तिपूर्ण, १६ सय ७ जनाले गराए मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि सल्यानमा १६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो ।  तीन...

सल्यानमा ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परीक्षण

सल्यान : सल्यानमा ज्येष्ठ नागरिककै घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकाले पालिकाभित्र रहेका ज्येष्ठ नागरिकको घरमै पुगेर भेटघाट तथा स्वास्थ्य परीक्षण गरेको हो। २ सय १९ महिला र १ सय ५९ जना पुरुष गरि ३ सय ७८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाको वडा नं १ मा ६४, २ मा २९, ३ मा ३९, ४ मा ५७, ५ मा ७४ र ६ मा १ सय ४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण

सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित

सल्यान : सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो।जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा एकाइमा २ कर्मचारी अनुपस्थित रहेका छन्।

सल्यानमा साढे ६ प्रतिशतले घट्यो धान उत्पादन

सल्यान : सल्यानमा चालू आवमा बर्खे धानको उत्पादन करिब साढे ६ प्रतिशतले घटेको छ।गत आव ०७७/७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले सल्यानमा धान उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार चालु आवमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेट्रिक टन मात्र धान उत्पादन भएको छ।गत आवमा २९ हजार ७ सय ९९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाइँ भएको भएपनि बाली