सल्यान : सल्यानमा ज्येष्ठ नागरिककै घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकाले पालिकाभित्र रहेका ज्येष्ठ नागरिकको घरमै पुगेर भेटघाट तथा स्वास्थ्य परीक्षण गरेको हो। २ सय १९ महिला र १ सय ५९ जना पुरुष गरि ३ सय ७८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाको वडा नं १ मा ६४, २ मा २९, ३ मा ३९, ४ मा ५७, ५ मा ७४ र ६ मा १ सय ४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण