सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित

सल्यान : सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो।जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा एकाइमा २ कर्मचारी अनुपस्थित रहेका छन्।