चिडियाखानाभित्र पस्दा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

ललितपुर – कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलमा रहेकाे सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।  चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन/छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता ...

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

काेराेनाले बन्द पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्याे

काेराेना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएकाे पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेकाे छ ।काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।सिस

नागरिकलाई लकडाउनको चिन्ता, गृह भन्छ– आगामी दिनको संक्रमणले निर्धारण गर्छ

काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम गर्न भन्दै देशभर स्वास्थ्य मापदण्ड पालना र भिडभाडमा कडाइ गरेको छ । आउँदो माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालनमा रोक लगाइएको छ । बाहिर निस्कँदा मास्क अनिवार्य, सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक सवारीसाधनमा कडाइ गरिएको छ । पुनः महामारी तीव्र गतिमा फैलिए...

मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन

सुर्खेत (अस) । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन गर्दै टोलीले विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइए पनि केहीले नलगाएको, गोजीमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन गरिने बताए । मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले लगाउन आग्रह गर्दै उनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न÷गराउन सम्पूर्ण निकायसँग आग्रह गरे । टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालित कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ ।

गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

काठमाडौं : नजिकिँदै गरेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ। गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य